Connect with us
Gautam Buddha community forest

समाचार

उफ् गर्मी, विद्यालय एकसाता बन्द

वीरगञ्ज । गर्मी बढेपछि पर्साको वीरगञ्ज महानगरपालिकाभित्र रहेका सबै विद्यालय एक साताका लागि बन्द गरिएका छन्।

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि भोलि असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गरिने महानगरपालिकाले जनाएको छ। महानगरभित्र रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक महासङ्घ र महानगरको शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख विजय सरावगीले जानकारी दिए।

वीरगञ्जभित्र ९३ सामुदायिक र १ सय ८५ भन्दाबढी निजी विद्यालय रहेका छन्। एक सातादेखि लगातार बढ्दै गएको गर्मीका कारण वीरगञ्जको जनजीवन प्रभावित भएको छ। दिउँसोको समयमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस पुगेपछि सर्वसाधारण बिरामी हुन थालेका छन्।

समाचार

समाचार13 hours ago

घुस्याहा कर्मचारीको प्रवृत्ति पुरानै

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।...

समाचार13 hours ago

ज्वाइँको कलेजो ससुरालाई

काठमाडौं । कलेजो रोगी ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् । उपत्यकाबाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिएपछि शुक्रबार...

समाचार13 hours ago

कारागार भित्र जासुसी क्यामरा

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच...

समाचार13 hours ago

१६ महिने शिशुलाई गोमन सर्पले डसेपछि…

काठमाडौं । विराटनगरको सुन्दर हरैचाका १६ महिने दीपचय राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्चाएर रोए । लगत्तै उनका बाबा भोला...