Connect with us
Gautam Buddha community forest

राजनीति

गुठी विधेयकको विरोधमा नेपाली कांग्रेस (विपी)

काठमाडौं । नेपाली कांग्रेस (विपी) ले गुठी विधेयकको विरोध गरेको छ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विधेयकले गुठीलाई मास्ने काम गरेको भन्दै उसले आपत्ति जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी पार्टीले सरकारलाई तत्काल विधेयक फिर्ता लिन र गुठी बचाउनसमेत माग गरेको छ । पार्टी महामन्त्री सुशीलमान शेरचनद्धारा प्रकाशित विज्ञप्तिमा गुठी र गुठियारलाई राज्यले कुनै सहयोग नगरेको अवस्थामा पनि उनीहरु आफ्नै ढंगले चल्दै र चलाउँदै आएकामा गुठीलाई प्राधिकरण मातहत राख्ने निर्णयले गुठीको मर्ममाथि प्रहार गरेको जनाइएको छ ।

संसदबाट पारित भएर विधेयक लागू भएमा बौद्ध धर्मका गुम्बाहरुका अधिनमा रहेका चल अचल सम्पत्ति, मुस्लिम समुदायका मस्जिदमा सरकारको नियन्त्रण हुने भन्दै पार्टीले विधेयकको विरोध गरेको छ ।

उसले सो संस्थाहरुमा राजनीतिक प्रभाव पारी नेकपा कार्यकर्ताको नियन्त्रमा जाने खतरा समेत औल्याएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आज काठमाडौंमा विरोध ¥यालीसमेत निकालेका छन् । नेपालका संस्कृति, जात्रा तथा पर्व हेर्न विदेशबाट धेरै पर्यटकहरु आउने गरेकाले गुठीसम्बन्धी नयाँ व्यवस्थाले बैदेशिक मुद्रासमेत नआउने पार्टीको ठहर छ । निजी गुठीलाई सरकारी बनाउँदा संरक्षण कसले गर्छ भन्ने प्रश्नसमेत उठाइएको छ ।

गुठीसम्बन्धी विधेयकको विरोधमा गत आइतबार माइतिघरमा शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको लाठीचार्ज र दमनको पनि पार्टीले विरोध गरेको छ । घाइतेको उपचार सरकारले गर्नुपर्ने भन्दै उसले पक्राउ परेका प्रदर्शनकारीको रिहाई गर्नसमेत सरकारसँग माग गरेको छ ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार13 hours ago

घुस्याहा कर्मचारीको प्रवृत्ति पुरानै

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।...

समाचार13 hours ago

ज्वाइँको कलेजो ससुरालाई

काठमाडौं । कलेजो रोगी ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् । उपत्यकाबाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिएपछि शुक्रबार...

समाचार13 hours ago

कारागार भित्र जासुसी क्यामरा

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच...

समाचार14 hours ago

१६ महिने शिशुलाई गोमन सर्पले डसेपछि…

काठमाडौं । विराटनगरको सुन्दर हरैचाका १६ महिने दीपचय राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्चाएर रोए । लगत्तै उनका बाबा भोला...