Connect with us
Gautam Buddha community forest

समाचार

चक्रपथ सरसफाई अभियान ९६औं हप्तामा

काठमाडौं । चक्रपथ सरसफाई अभियान शनिबार ९६औं हप्तामा पुगेको छ । अभियानले कलंकीदेखि बालाजु गंगाहलसम्मको क्षेत्रमा सरसफाई गर्दै गरेको छ ।

सबैलाई जागरुक बनाएर समाजलाई सफा राख्ने उद्देश्यले अभियान थालिएको कुँवरले बताए ।

नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका अध्यक्ष समेत रहेका कुँवरले केही सामाजिक काम
गरौं भन्ने उद्देश्यले यो अभियान थालिएको बताएका छन् । उनले स्थानीय बासिन्दा, सेना, प्रहरी, व्यवसायी, कलाकार तथा अन्यको पनि सहयोग र सहभागिता भएको जनाएका छन् । तर, सडकका छेउमै घर भएका घरबेटीहरुले भने असहयोग गरेको र अभियानलाई समर्थन नगरेको गुनासो गरेका छन् । कुँवरले भने ‘माथि रमिता हेरेर बस्छन्, सफा गर्नुको साटो उल्टै फोहोर गरिदिन्छन् ।’

शनिबारको कार्यक्रम कलंकी चोकमा भएको थियो । सडकमा जथाभावी फोहोर नफाल्न अनुरोध गर्दा पनि कसैले नटेरेको उनले बताए । शनिबारसम्ममा २ सय १४ ट्रक फोहोर संकलन गरिएको उनको भनाई छ ।

१००औं हप्ताको कार्यक्रममा विशेष योजनासहित अघि बढ्ने पनि उनले जनाए । ‘कमसेकम शनिबार विहान २ घण्टा समय मागेका हौं तर पनि पाइएन’ उनले भने ‘सबैको सहभागिता हुने हो भने चक्रपथलाई हराभरा बनाउन सकिन्छ ।’ उनले आप्mनो इक्वीपमेन्ट प्रयोग गरेको र सचेतनाका लागि अन्य सामाग्री प्रकाशन गर्दा तथा टोपी र भेष्ट छाप्दा पनि केही खर्च लागेको बताए ।

आफूले आम्दानी गरेको थोरै खर्च समाजसेवामा लाउनु पर्छ भन्ने अभियान अन्तर्गत आफू सक्रिय भएको कुँवरको भनाई छ । ‘म काभ्रेबाट दुःख गरेर काठमाडौं आएको हुँ, त्यतिबेला मैले धेरै झन्झट भोगेको छु, पछिल्लो समयमा केही भयो होला तर अहिले पनि दुःख गर्दैछु ’ उनले भने ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार14 hours ago

घुस्याहा कर्मचारीको प्रवृत्ति पुरानै

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।...

समाचार14 hours ago

ज्वाइँको कलेजो ससुरालाई

काठमाडौं । कलेजो रोगी ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् । उपत्यकाबाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिएपछि शुक्रबार...

समाचार14 hours ago

कारागार भित्र जासुसी क्यामरा

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच...

समाचार14 hours ago

१६ महिने शिशुलाई गोमन सर्पले डसेपछि…

काठमाडौं । विराटनगरको सुन्दर हरैचाका १६ महिने दीपचय राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्चाएर रोए । लगत्तै उनका बाबा भोला...