Connect with us
Gautam Buddha community forest

समाचार

ट्याक्सी दुर्घटनामा एक जनाको मृत्यु

३२ जेठ, बागलुङ । जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

ध १ ज ५१३ नम्बरको ट्याक्सी गएराति १० बजे भेडिखोलामा दुर्घटना भएको हो । दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइते हुनेमा नुवाकोट निवासी सवारी धनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की रहेका छन् । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिए ।

रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडकदेखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार13 hours ago

घुस्याहा कर्मचारीको प्रवृत्ति पुरानै

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।...

समाचार13 hours ago

ज्वाइँको कलेजो ससुरालाई

काठमाडौं । कलेजो रोगी ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् । उपत्यकाबाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिएपछि शुक्रबार...

समाचार13 hours ago

कारागार भित्र जासुसी क्यामरा

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच...

समाचार14 hours ago

१६ महिने शिशुलाई गोमन सर्पले डसेपछि…

काठमाडौं । विराटनगरको सुन्दर हरैचाका १६ महिने दीपचय राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्चाएर रोए । लगत्तै उनका बाबा भोला...