Connect with us
Gautam Buddha community forest

अर्थ

शिवराजमा तिन गुणा बढी राजश्व संकलन 

  • दिपक के.सी.कपिलवस्तु, जेठ ३१,

कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा आन्तरिक राजश्व संकलन लक्ष्य भन्दा तेब्बर संकलन हुने भएको छ । चालु आवमा ३ करोड लक्ष्य लिएकोमा जेष्ठ अन्तिम सम्म ६ करोड राजश्व संकलन भई सकेकोले असार मसान्त सम्म राजश्व तेब्बर संकलन हुने नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक बर्षमा ३ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको भए पनि नगरपालिकाले जेठ सम्ममा दोब्बर राजश्व संकलन गरे पछि राज्यलाई नागरिकले कर तिर्नु पर्छ, भन्ने चेतनाको विकास भएको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए ।

नागरिकले राज्यलाई तिर्नु पर्ने कर छलि नगरी तिर्ने र नगरले पनि राजश्व उठाउनमा कडाई गर्ने हो भने अझै धेरै उठ्ने प्रमुख अधिकारीले विश्वास व्यक्त गरे । “अझै केहि व्यवसायलाई हामीले करको दायरामा ल्याउन सकेका छैनौ , उनीहरुलाई पनि ल्याउने प्रयासमा छौ नयाँ आर्थिक बर्षबाट उनीहरु पनि करको दायरा समेटिन्छन ”अधिकारीले भने । साना देखि ठूला सबै व्यवसायीलाई करको दायरा लिने उनले बताए ।

यस आर्थिक बर्षमा नगरपालिकाले घरनक्सापास, एकिकृत सम्पति शुल्क, व्यवसायिक शुल्क, मालपोत शुल्क, नदिजन्य पदार्थको निकासी शुल्क र अन्य शिर्षकमा राजश्व संकलन गरेको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । जेठ अन्तिम सम्म दोब्बर भएको राजश्व असार मसान्त सम्म तेब्बर हुने उनले बताए ।

अझै नगरपालिका भित्र रहेका ठूला उद्योगीहरुको राजश्व संकलन हुन बाँकी नै रहेकोले आर्थिक बर्षको अन्तिम सम्म नगरपालिकाले ९ करोड सम्म राजश्व संकलन गर्ने पौडेलले बताए । लक्ष्य भन्दा बढि राजश्व संकलन हुने भए पछि नगरपालिकाको चौथो नगर सभाले आन्तरिक राजश्वबाट पूर्वाधार निर्माण तर्फ डेढ करोड बढि खर्च गरेको छ ।

आन्तरिक आय वृद्धि भए पछि नगर सभाबाट थप पूर्वाधार विकास योजना संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

लक्ष्य भन्दा तेब्बर राजश्व संकलन भएपछि अगामी आर्थिक बर्षमा ९ करोड बढि आन्तरीक राजश्व संकलन लक्ष्य राखिने सोच रहेको नगर प्रमुख अधिकारीले बताए ।

जनताले तिरेको कर जनताकै विकास र समृद्धिमा खर्च भैरहेको हुदाँ करको दायरामा ल्याउने र नगरले दिने सेवा सुविधामा कुनै कसर बाँकी नराखिने प्रमुख अधिकारीले बताए ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार13 hours ago

घुस्याहा कर्मचारीको प्रवृत्ति पुरानै

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।...

समाचार13 hours ago

ज्वाइँको कलेजो ससुरालाई

काठमाडौं । कलेजो रोगी ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् । उपत्यकाबाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिएपछि शुक्रबार...

समाचार13 hours ago

कारागार भित्र जासुसी क्यामरा

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच...

समाचार13 hours ago

१६ महिने शिशुलाई गोमन सर्पले डसेपछि…

काठमाडौं । विराटनगरको सुन्दर हरैचाका १६ महिने दीपचय राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्चाएर रोए । लगत्तै उनका बाबा भोला...