Connect with us
Gautam Buddha community forest

समाचार

समाज गुठी विधेयकको विरोधमा वसन्तपुरमा प्रदर्शन

काठमाडौं । गुठी विधेयकको विरोधमा राजधानीको वसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन भएको छ। ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार बिहान वसन्तपुरदरबार क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो।

ज्यापू महागुठीअन्‍तर्गतका विभिन्न गुठीका गुठियार तथा सर्वसाधारण सम्मिलित प्रदर्शनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याइएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो। प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अब जाग्दै छ, आफ्नो अधिकार खोज्दै छलगायत नारा लगाएका थिए। ज्यापू महागुठीअन्‍तर्गतका गुठीहरूको संलग्नतामा निकालिएको विरोध र्‍यालीले न्युरोड, जैसीदेवललगायतका स्थान हुँदै वसन्तपुरदरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो।

सरकारले ल्याएको गुठी विधेयकको सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ। सत्तारूढ दलकै सांसदहरूले पनि यो विधेयकको विरोध गर्दै आएका छन्। सरकारले मुलुकभरका गुठीहरूको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन्।

गुठी विधेयकको विरोधमा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएको छ भने संघीय संसदमा पनि सांसदहरूले विधेयकको विरोध गर्दे आएका छन्।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार10 hours ago

घुस्याहा कर्मचारीको प्रवृत्ति पुरानै

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।...

समाचार10 hours ago

ज्वाइँको कलेजो ससुरालाई

काठमाडौं । कलेजो रोगी ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् । उपत्यकाबाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिएपछि शुक्रबार...

समाचार11 hours ago

कारागार भित्र जासुसी क्यामरा

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच...

समाचार11 hours ago

१६ महिने शिशुलाई गोमन सर्पले डसेपछि…

काठमाडौं । विराटनगरको सुन्दर हरैचाका १६ महिने दीपचय राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्चाएर रोए । लगत्तै उनका बाबा भोला...