Connect with us
Kapilvast Forest

कारागार भित्र जासुसी क्यामरा

२०७६, ४ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो ।

जेलमा बसेका मध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षास्थितिसम्बन्धी दृश्य रेकर्ड गरेर बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा पेन क्यामरा भेटिएको जेल राजेन्द्र बहादुर बोहोराले जानकारी दिनुभयो ।, नागरिक दैनिकले खबर छापेको छ ।

पेन क्यामरा

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu