Connect with us
Kapilvast Forest

घुस्याहा कर्मचारीको प्रवृत्ति पुरानै

२०७६, ४ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

राजधानी दैनिकले घुस्याहा कर्मचारीमा पुरानै शैलीको घुस मोह जारी रहेको उल्लेख गर्दै मुख्य समाचार छापेको छ । समाचार अनुसार सरकारी कर्मचारीमा घुसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध पर्ने गरेको राजधानीको विश्लेषण छ । पत्रिकाले कहाँका कर्मचारीले कोमार्फत कसरी घुस खान्छन् भन्ने तथ्य पनि प्रस्तुत गरेको छ ।

कान्तिपुर दैनिकले ‘चेपुवामा साना’ शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा पृथ्वी राजमार्गको ट्राफिक अव्यवस्था र त्यसले निम्त्याउने दुर्घटनाबारे विश्लेषण गरिएको छ । समाचार अनुसार, राजमार्गमा नियमविपरीत सवारी साधन सञ्चालन हुँदै आएपनि ट्राफिक प्रहरीले नजरअन्दाज गर्दै आइरहेको उल्लेख छ । ठूला सवारीले सानालाई हेप्दा दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको पत्रिकाको निष्कर्श छ । त्यस्तै, संयुक्त राष्ट्रसंघका ६ जना विशेष प्रतिवेदकले राष्ट्रिय मानव अधिकार आयोगको प्रस्तावित विधेयकको क्षेत्राधिकार नघटाउन गरेको आग्रहलाई पनि पत्रिकामा प्राथमिक समाचार बनाइएको छ ।

अन्नपूर्ण पोष्ट् दैनिकले ‘लथालिंग पुस्तकालय’ शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको छ । समाचारमा सरकारले स्थापना गरेका अधिकांश पुस्तकालय लथालिंग अवस्थामा रहेको विश्लेषण छ । त्यस्तै,जागिरको प्रलोभनमा पारेर मानव तस्करले ६ नेपाली अलपत्र पारेको खबर पनि पनि प्रथम पृष्ठमै समेटिएको छ । क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने भन्दै दलालले तनहुँका पाँचसहित ६ जना कम्बोडियामा अलपत्र पारेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu