Connect with us
Kapilvast Forest

अख्तियारले मलाई पनि बोलाउन सक्छ:गच्छदार

२०७६, ६ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकररणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनलाई सघाउन आफू तयार रहेको बताएका छन् ।

‘म माथि पनि प्रश्न उठ्यो भने सम्बन्धित निकायमा जान तयार छु’ उनले भने, ‘स्वतन्त्र अख्तियारले छानविनका क्रममा आवश्यक देखे मलाई पनि बोलाउन सक्छ । अख्तियार वा राज्य संयन्त्रले गर्ने छानविन र अनुसन्धानमा सहयोग गर्छु ।’ तर उनले बालुवाटार जग्गाको बिषय आफूसँग सम्बन्धित नभएको जिकिर गरे । आफूले गरेको काम संविधानसम्मत भएको उनको दाबी छ ।

‘म उपचारको शिलशिलामा भारत हुँदै अमेरिका पुगेको थिएँ तर बालुवाटारको जग्गा विवादमा मेरो नाम पनि जोडिएर समाचार आएछ’ भारतबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमन उनले भने, ‘सुटुक्क आयो भने भनेर चासो बढ्ला भनेर प्रेसलाई बोलाएँ । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu