Connect with us
Kapilvast Forest

ज्वाइँको कलेजो ससुरालाई

२०७६, ४ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं । कलेजो रोगी ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् । उपत्यकाबाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिएपछि शुक्रबार प्रत्यारोपण गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले कलेजो प्रत्यारोपण गरेको हो ।

ससुराको उमेर ४४ वर्षको छ । कलेजो प्रत्यारोपण गर्न झन्डै १० घण्टा लागेको थियो । कलेजो दिने र लिने दुवै जनाको अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।

यस अघि जेठ १७ गते प्रत्यारोपणमा बुबालाई विवाहित छोरीले कलेजो दान गरेकी थिइन् ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu