Connect with us
Kapilvast Forest

तीन वर्षदेखि हराएका श्रीमान् टिकटकमा भेटिए

२०७६, १८ असार बुधबारमा प्रकाशित

tik tok

काठमाडौं । पछिल्लो समय टिकटक युवाहरुमाझ लोकप्रिय छ । यसमा भिडियो बनाएर राख्नेहरु पनि प्रशस्तै छन् । टिकटकले कतिलाई फाइदा बेफाईदा पनि गरेको छ होला तर कतिपयलाई गज्जबकै फाइदा पनि गराएको छ ।

टिकटककै कारण नेपालका धेरै युवतीहरु मोडल बनिसके । उनीहरुले विभिन्न म्युजिक भिडियोमा आफ्नो अभिनय कला देखाइसकेका छन् । तर भारतमा भने एक युवतीले तीन वर्षदेखि हराएको श्रीमान्लाई टिकटकमा भेटेकी छन् । तर दुर्भाग्य, उनका श्रीमान् तेश्रोलिङ्गीसँगको प्रेममा रहेछन् ।

सन् २०१६ मा बेपत्ता भएका श्रीमानको खोजी ती जयसुधाले कहाँ–कहाँ गरिनन् । प्रहरी रिपोर्ट देखि मिडियाहरुमा पनि पतिको खोजी गरिदिन विज्ञापन गरिन् । प्रहरीले श्रीमान्को खोजी नगरेपछि उनले श्रीमान् आउने आश मारिसकेकी थिइन् । तर एकदिन उनकै आफन्तले जयसुधालाई टिकटकको भिडियो देखाइन् । भिडियोमा उनकै पति सुरेश थिए ।

जयसुधाले त्यो टिकटक प्रहरीलाई देखाइन् र आफ्ना श्रीमान्लाई खोजिदिन आग्रह गरिन् । प्रहरीले सुरेशलाई समात्यो । प्रहरीका अनुसार उनले केही समस्याका कारण परिवारलाई छोडेको र अहिले होसुरमा मिस्त्रीको काम गरिरहेका छन् ।

प्रहरीको अनुसन्धानमा सुरेश टिकटक भिडियोमा काम गर्ने एक तेश्रोलिङ्गीसँग प्रेममा थिए । तेश्रोलिङ्गीको लागि काम गर्ने एक एनजीओमको मद्धतमा प्रहरीले सुरेशलाई पक्रन सफल भएको हो । दुई बच्चाका पिता सुरेशलाई अहिले श्रीमतीसँग घर पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu