Connect with us
Kapilvast Forest

पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुको प्रगति समिक्ष गोष्ठी

२०७६, ३० असार सोमबारमा प्रकाशित

  • शारदा के.सी, कपिलवस्तु असार ३०,

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुकोे प्रगति समिक्ष सम्बन्धि एक दिने गोष्ठी जिल्ला मसन्वयको सभाहलमा सम्पन्न भएको छ । स्थानिय तहको संरचना पछि भेटेरिनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्रले कपिलवस्तु र अर्घाखाँची २ जिल्लामा काम गर्दै आएको छ । २०७५।७६ मा आफुले गरेका कार्ययोजना सम्पन्न तथा अनुदानमा आधारीत कार्यहरुको विवरणका वारेमा प्रस्तुत गरिएको थियो । भेटेरिनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवरण कुमार चौधरीले यस केन्द्रले गरेका प्रगतिका कार्यहरुको विवरण प्रस्तुत गर्नु भएको थियो ।

यो केन्द्रले २ जिल्लामा हेर्ने भएकाले केन्द्रमा १५ दर्बन्दी रहेको हुनाले अर्घाखाँचीको सम्पर्क केन्द्र राखिएको र त्यहाका पशुपालकलाई सहज सेवा सुविधा लिनका लागि सम्पर्क केन्द्रमा हाल ३ जना कर्मचारी समेत रहेको बताउनु भयो । यो बर्ष पशुपालक कृषकका लागि उत्पादनमा आधारीत अनुदान कार्यक्रमहरु बिउको पाठा,गोठ सुधार,घास उत्पादन,दुध संकलन,निजि गाई भैसी फार्म स्थापना तथा सुदृढिकरण, निजि वंगुर फार्म स्थापना तथा सुदृढिकरण, बाख्रा संकलन,सहकार्यमा वधस्थल निर्माण मर्मत,हाटबजार पुर्वाधार निर्माण तथा मर्मत जस्ता कार्यक्रमहरु संचालन भएका थिए । राष्ट्रिय य.पि.पि.आर.रोग नियन्त्रण, वडफ्ल रोग नियन्त्रण कार्यक्रम पनि संचालन गरिएको थियो जस्मा १८४ वटा स्यामपल संकलन गरि चितवन ल्याव टेस्टका लागि पठाईएको छ ।

स्थानिय तहले निगरानि गरेर अनुदानका कार्यक्रमहरु दिनु पर्ने विवरण प्रस्तुत पछि स्थानिय स्तरमा रहेर पशुपालन गर्दै आएका कृषक नन्दराम अर्यालले बताउनु भयो । पशुपालकका लागि आएका जति पनि अनुदानहरु रहेका छन ति वास्तविक कृषकको पहिचान गरेर दिन अनुरोध गरेका छन । कार्यक्रममा बोल्दै प्रम्ख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले उत्पादनमा जोड दिदै बजारीकी करणको व्यवस्था ध्यान दिने हो भनि कपिलवस्तु जिल्ला मात्र नभई राज्यनै मासुमा आत्मनिर्भर बन्ने बताउनु भयो । यस केन्द्रको अनुदानकाट कृषकले नाफा लिन सकोस र नयाँ कृषक उत्पादन हो उहाको भनाई छ । जिल्ला समन्वय समिति प्रमुख नारायण खनालले यहाका बास्तविक कृषकको पहिचान गरि गरेको कार्यको आधारमा अनुदानका कार्यक्रमहरु लागु गर्नु पर्ने बताउनु भयो ।

जिल्ला समन्वय समिति प्रमुख नारायण खनालको अध्यक्षतामा संचालन भएको कार्यक्रमको विशिष्ट अतिथि प्रम्ख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ रहनु भएको थियो । कृषि ज्ञान केन्द्र प्रमुख रामगोबिन्द अर्याल,राजनिति दलका प्रतिनिधि लगाएको आतिथ्यता रहेको कार्यक्रमको संचालन भेटेरिनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्र कपिलवस्तुका डा.रुपनारायण श्रेष्ठले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu