Connect with us
Kapilvast Forest

पार्टी एकता आजै टुङ्गो लाग्छ : अध्यक्ष दाहाल

२०७६, ३१ असार मंगलवारमा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बाँकी सबै काम आजै टुङ्गोे लगाउने दाबी गर्नुभएको छ ।

अध्यक्ष दाहालले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी ओली र आफूबीच छलफल जारी रहेको बताउनुभयो । साथै उहाँले सबै काम मंगलबार नै टुंगो लगाउने तयारी गरिएको बताउनु भएको हो । मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै उहाँले दुई अध्यक्षबीच पार्टीको केन्द्रिय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भईसकेको पनि जानकारी दिनुभयो । अब सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गर्नु भयो । उहाँले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनचाहना अनुसार काम गर्नुपर्ने चुनौति रहेको पनि दोहो¥याउनु भयो ।

अध्यक्ष दाहालले ठूलो त्याग, संघर्ष र बलिदानको जगमा निर्माण भएको दुई पार्टीबीचको एकतालाई असफल बनाउने देशी, विदेशी प्रतिक्रियावादीहरुको चाहनालाई परास्त गर्न सफल भएकोमा आफूलाई गर्व लागेको पनि बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu