Connect with us
Kapilvast Forest

पैसा कमाउन पुरुषको लिङ्ग नै काटिदिएपछि….

२०७६, १८ असार बुधबारमा प्रकाशित

काठमाडौं । रोजगारीको सिलसिलामा चार वर्षअघि भारत पुगेका कञ्चनपुरका कृष्णपुर नगरपालिका–१ दोमिल्लाका एक युवकको भविष्य डामाडोल भएको छ । भारतमा तेस्रो लिङ्गीहरूले पैसा कमाउनका लागि २३ वर्षीय सुरेन्द्र सिंह मालको भविष्य डामाडोल पारिदिएका हुन् । ०७२ सालमा १२ कक्षाको परीक्षा दिएर पढाइ खर्चको जोहो गर्न भारत गएका उनको पढाइसँगै भविष्य नै डामाडोल भएको हो ।भारतमा हुँदा तेस्रोलिङ्गी गिरोहले लिङ्ग नै काटिदिएपछि जिवन नै बर्बाद भएको सुरेन्द्रले बताए । गिरोहले उनलाई महिला बनाएर कमाउने धन्दामा प्रयोग गरेका थिए । उनले भने, लिङ्ग काटिदिए, महिला बनाएर महिलाकै जस्तो काम गराए ।’

दिल्लीभन्दा करिब ५० किलोमिटर टाढाको मेरिट भन्ने शहरका नइम खानले मालको लिङ्ग काटेर प्रयोग गरेका थिए । महिला भएपछि उनी लाजले घर आउन सकेका थिएनन् । तर, उनलाई त्यहाँ समस्या भएपछि ०७६ वैशाखको विशु पर्वका लागि गत वर्ष चैत अन्तिम साता नेपाल आएका थिए । सुरूमा महिलाको भेषमा नेपाल आउँदा कसैले सुरेश भनेर पत्याएका थिएनन् । अन्तमा उनको निधारमा भएको घाउ र स्वरबाट परिवारले चिनेका थिए ।

रोचन कुरा के छ, भने लिङ्ग काटेर तेस्रोलिङ्गी बनाइदिने रिजमान खानका छोरा सुहिलले माललाई प्रेम गर्न थालेका छन् । सुहिलसँगै नेपाल आएका मालको विषयमा आफन्तले चासो राख्न थालेपछि उनीमाथि अन्याय भएको थाहा पाएको हो । अङ्गभङ्ग बेचबिखन गरेको भन्दै मालको परिवारले खानलाई कारबाहीको माग राखेपछिको केटालाई केटी बनाएको तथ्य खुलेको हो ।, नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu