Connect with us
Kapilvast Forest

प्रचण्ड बिरामी

२०७६, ३ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ हुनुभएको छ । अध्यक्ष दाहाल बिहीबारदेखि अस्वस्थ हुनु भएको हो ।

पूर्व प्रधानमन्त्री दाहालको घाँटीमा समस्या भएको छ । घाटीमा समस्या (टन्सील) भएपछि चिकित्सकले उहाँलाई केहीदिन नबोल्न सल्लाह दिएका छन् । उहाँ ललितपुर खुमलटारस्थित निवासमा आराम गरिरहुनु भएको छ ।

घाँटीमा समस्या आएपछि अध्यक्ष दाहालको शुक्रबारको सबै कार्यक्रम स्थगित गर्नुभएको छ । अध्यक्ष दाहालको सचिवालयले केहीदिनको लागि नेता तथा कार्यकतालार्ई उहाँसँग भेटघाट समेत रोकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu