Connect with us
Kapilvast Forest

‘प्रशासनलाई जनमुखी बनाउन कदम चालिन्छ’

२०७६, ३ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनु भएको छ ।

मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न प्रतिनिधिसभाका सांसदलाई आग्रह गर्नुभयो । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

मन्त्री पण्डितले कार्यालय समयमा कार्यालय बाहिरको काम गर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिनुभयो । उहाँले कर्मचारी प्रशासन सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको स्मरण गराउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu