Connect with us
Kapilvast Forest

‘मन्त्रीज्यूले भेट नदिने, हामीले ट्रक कसरी चलाउने’

२०७६, ३ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं । यातायात व्यवसायी, ढुवानी व्यवसायी, यातायात मजदुरहरुको संयुक्त समितिका संयोजक गोकर्ण पराजुलीले यातायात क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नदेखिएकाले मालबाहक ट्रक चलाउन नसकिएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक पराजुलीले सरकार यातायात व्यवसायीको मागमा गम्भीर नदेखिएको बताउनुभयो । पराजुलीले भन्नुभयो, ‘ट्रक व्यवसायी र मजदुरलाई लगाइएको भ्याट अव्यवहारिक त थियो नै, भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस) बारे राज्य नै पूर्ण जानकार नहुँदा हामी व्यवसायी कसरी अभ्यासमा ल्याउन सक्छौँ ?’

पराजुलीले यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा राज्य ७० हजार ट्रक व्यवसायीसँग कर मात्र असुल्ने, मजदुरलाई हिरासतमा राख्ने र व्यवसायीलाई जरिवाना गराउने काममा मात्र सक्रिय भएकाले तत्काल ट्रक सडकमा गुडाउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा यातायात मन्त्रीज्यूले नै हामीसँग भेटसमेत दिनुभएन ।’

कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ हेटौँडाका महासचिव सरोजकुमार खनालले राजमार्गमा यातायात मजदुर असुरक्षित भएको र राज्यले यातायात व्यवसायमा भइरहेको लगानीलाई नै हतोत्साही पारिरहेकाले यथास्थितिमा सडकमा ट्रक ल्याउन नसकिने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu