Connect with us
Kapilvast Forest

राताे कार्पेटप्रति ‌ओलीकाे प्रतिक्रिया, ‘धन्य छ मिसन पत्रकारिता’

२०७६, २६ असार बिहीबारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री ओलीले आफूविरुद्ध भ्रम छर्न खोजिएको भएता पनि त्यसलाई सफल हुने नदिने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले बुधबार आफू सहभागी भएको त्रिविको प्राज्ञ सभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेकोप्रति सञ्चार माध्यमले आफूविरुद्ध समाचार बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले कालो पत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताउनु भयो ।

‘आफू प्रधानमन्त्री भएको एक वर्ष भयो,’ प्रधानमन्त्री ओलीले थप्नु भयो, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु ।’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘धन्य छ, मिसन पत्रकारिता ।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघीय सरकारको मातहत रहेको पनि दोहोर्‍याउनु भयो । प्रदेश सरकारलाई स्वतन्त्र सरकारको रुपमा लिइएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था अनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहत रहेको बताउनु भयो । उहाँले स्थानीय सरकार प्रदेशको मातहत रहेको पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री ओलीले संविधानले सुरक्षा, परराष्ट्र मामिला तथा आर्थिक अधिकारका विषय संघीय सरकार अन्तरगत संचालित हुने भनेर प्रदेश सरकारलाई संघीय सरकारकै मातहतमा राखेको पनि स्मरण गराउनु भयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu