Connect with us
Kapilvast Forest

साउनको पहिलो सोमबार शिवालयमा भक्तजनको भिड

२०७६, ६ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं । साउनको पहिलो सोमबार आज पशुपतिनाथसहित विभिन्न शिवालयमा भक्तजनको भिड लागेको छ । साउनमा सोमबारलाई पवित्र दिनको रुपमा लिइन्छ । हिन्दू धर्मावलम्बीका लागि साउनकाे सोमबार विशेष महत्वको दिन हो । यसदिन अधिकांश महिला भगवान शिवको व्रत बस्दछन ।

केदारनाथको शिर मानिने भक्तपुरको सीपाडोलस्थित डोलेश्वर मन्दिर र दत्तात्रेयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । ललितपुर र काभ्रेसहित मुलुकको विभिन्न स्थानमा रहेका शिवालयमा पनि भक्तजनको घुइँचो छ । साउनमा शिवको बिशेष पूजा आराधना गरी ब्रत बस्ने चलन छ । महिलाले साउनमा हरियो पहिरन र हरियो चुरालाई महत्वका साथ लगाउँछन् ।

विवाहित महिलाले पति र परिवारका सदस्यहरुको दीर्घायू र स्वास्थ्यको कामना गदै ब्रत बस्छन् । त्यस्तै युवती तथा अविवाहित महिलाले पनि आप्नो उज्जवल भविष्यको कामना गर्दै ब्रत लिन्छन् । साउनभर माछामासु नखाई शुद्ध भएर ब्रत दिने चलन छ । यस अवधिमा लसुन तथा प्याजसमेत बिटुलो मान्ने चलन छ ।

साउनको सोमबारलाई इसाई धर्मावलम्बीहरुले समेत पवित्र रुपमा लिन्छन् । मध्य तथा पूर्वी युरोपका इसाइ धर्मावलम्बीहरुले ‘इस्टर मण्डे’को रुपमा मनाउने गरेका छन् । पवित्र सप्ताह इस्टरको दोश्रो दिन महिलालाई पानीले भिजाउने चलन छ । त्यसदिन युवातले बोतल तथा बाल्टीनमा पानी भरेर युवतीलाई लखेटीलखेती भिजाउने चलन छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu