Connect with us
Kapilvast Forest

सडकमै जन्मियाे शिशु

२०७६, १७ असार मंगलवारमा प्रकाशित

काठमाडौं । ३५ वर्षीया सालु सरदारले सोमबार बिहान मोरङको विराटनगरस्थित सडकमै बच्चा जन्माएकी छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी उनी कपडा किन्न सीमावर्ती भारतीय बजार जोगबनीतर्फ जाँदै थिइन् ।

उनलाई शिशु जन्मिएका बेला चाहिने कपडा आवश्यक थियो । आर्थिक अवस्था कम्जोर रहेकाले चाँडै कपडा जोहो गर्न नसकेको उनले सुनाइन् । विराटनगर बसपार्क आइपुगेपछि उनलाई असहज महसुस भएको थियो । तत्काल गाडीबाट ओर्लिइन् । गर्भवती भएपछि स्वास्थ्य जाँच नगराएकी उनलाई कहिले सुत्केरी हुन्छ भन्ने तिथिमिति पत्तै भएन ।

‘अस्पताल जानुपर्छ भन्ने ज्ञान भएन । पहिले छोरा पनि अस्पताल नगईकन जन्मियो, उनले भनिन्, ‘अस्पताल गएर जाँच गर्न पैसा पनि थिएन । आज त सडकमै सुत्केरी भएँ ।’ समाचार अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu