Connect with us
Kapilvast Forest

आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता

२०७६, १७ असार मंगलवारमा प्रकाशित

काठमाडौं । आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको हो ।

‘छानबिन भइरहेको छ, अन्तिम प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘विदेशीले नागरिकता पाएको जानकारी आएपछि विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीलाई पत्र पठाएका छौँ ।’

अधिकांश नागरिकताको सनाखत खरिदार न्यौपानेले गराएको, नासु निरौलाले टिप्पणी पेस गरेको र प्रशासकीय अधिकृत ढुंगेलले जारी गरेको प्रशासन स्रोतले बतायो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप छानबिन गरिरहेको छ । एक महिनाभित्र अनुसन्धान पूरा गर्ने गरी ४ असारमा गृहले प्रहरीलाई पत्राचार गरेको हो । घटनाको छानबिनका लागि एक टोली झापामै पठाइएको सिआइबीका डिआइजी नीरज शाहीले बताए । ‘प्रारम्भिक अनुसन्धानमा उनीहरूले गैरनेपालीलाई नागरिकता दिएको देखिएको छ,’ झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘जिल्लाका विभिन्न वडाबाट सिफारिस भएर आएपछि उनीहरूले नागरिकता दिएका हुन्, अरू विषय अनुसन्धानकै क्रममा छ ।’ नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu