Connect with us
Kapilvast Forest

असारे विकास: दिनको साढे चार अर्ब सकिँदै

२०७६, १७ असार मंगलवारमा प्रकाशित

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले मंगलबार फरक – फरक विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।

कान्तिपुर दैनिकमा असारे विकासबारेको समाचारले प्रमुख स्थान पाएको छ । समाचार अनुसार असारे विकासका नाममा दिनहुँ साढे ४ अर्ब रुपैयाँ खर्च भइरहेको छ । असारमा १० प्रतिशत खर्च नगर्ने संसदीय समितिको निर्देशन भएपनि विकासका नाममा दिनको ४ अर्ब रुपैयाँ सक्ने गरिएको छ । कान्तिपुरले रानी -विराटनगर -इटहरी -धरानमा ६ लेनको सडकको विराटनगर खण्डमा आइतबार मात्रै कालोपत्रे गरेको समाचार छापेको छ । चालु आर्थिक वर्षमा पूरा गरीसक्नुपर्ने ४९ किमि कालोपत्रे हालसम्म ७.५ किमि मात्रै सरकएको छ । यसप्रकारको विकास देशैभर भइरहेको समाचारमा विश्लेषण छ ।

अन्नपूर्ण पोष्ट् दैनिकमा प्रधानमन्त्री केपी ओलीले दाहाललाई धेरै विश्वास गरेको समाचार प्राथमिकताका साथ छापिएको छ । पार्टी संसदीय दलको सोमबारको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिष्ट पार्टीलाई बलियो बनाउन मैले हस्ताक्षर गर्न सक्छु भनेको थिएँ । प्रचण्डले ल्याउनुभयो मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ । ’ बैठकमा सांसदहरुले पछिल्लो चरण पार्टी कार्यदिशामा दुई अध्यक्षमा देखिएको मतभेद, सरकारका काम, पार्टी एकताका क्रममा भएका सहमति, बजेट र विधेयक निर्माणमा केन्द्रीत रहेर नेताहरुलाई प्रश्न गरेका छन् । बैठकमा ओलीले आफूहरु एकताबद्ध भएर अगाडि जानुपर्ने बताउनुभएको र प्रचण्डले आफ्ना कुरा राख्ने क्रममा पार्टी एकतामै अर्को अर्थ लाग्ने गरी अभिव्यक्ति दिएको रहेछु भने फिर्ता लिने बताउनुभएको थियो ।

नयाँ पत्रिका दैनिकले ‘भद्रगोल कांग्रेस’ शीर्षकमा प्रमुख समाचार छापेको छ । समाचारमा संसारभरका कार्यकर्तालाई प्रशिक्षण दिन डेनमार्कमा भेला गरेपनि कांग्रेसको देशभित्रकै अवस्था लथालिंग रहेको विश्लेषण छ । समाचारमा देशमा ७५३ स्थानीय तहमा नयाँ समिति बन्न नसकेको, केन्द्रीय समिति नै अपुरो रहेको, दुई महिनामा गठन हुनुपर्ने विभाग र समिति तीन वर्षमा पनि गठन हुन नसकेको उल्लेख गरिएको छ । यस्तै, निगमका जहाज किन उड्दैनन् ? जहाज नउडाउने, घाटा बढाउने किन भइरहेछ ? भनेर निगमलाई प्रधानमन्त्रीले प्रश्न गर्नुभएको समाचार पनि प्रथम पृष्ठमै समेटिएको छ ।

राजधानी दैनिकले सर्वोच्चबाट लोकसेवाको विज्ञापन रोक्न अस्वीकार गरेको समाचारलाई मुख्य समाचार बनाएको छ । लोकसेवाको विज्ञापन रोक्न अस्वीकार भएसँगै आवेदन दर्ता गराएका ४ लाख बढी आवेदकले परीक्षा दिन पाउने भएका छन् । यसैगरी पत्रिकाले अमिन तयारी कक्षामा लाखौं ठगी शीर्षकमा अर्को मुख्य समाचार समेत छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu