Connect with us
Kapilvast Forest

पोल खुल्ने डरले आमाको हत्या

२०७६, १७ असार मंगलवारमा प्रकाशित

काठमाडौँ, असार १७ गते । आमा सावित्री थापाको बीभत्स हत्या गरिएको अवस्थामा शव देखेपछि छोरी ईश्वरी छिमेकीलाई खबर गर्छिन् । छिमेकीहरू पनि शव हेर्न नसकेर प्रहरीलाई खबर गर्छन् ।
भक्तपुरको चाँगुनारायण–६, बाँसबारीमा आइतबार बिहानको उक्त हत्या घटनाको अनुसन्धान गर्न प्रहरी आइपुगेसँगै सर्वसाधारणको बाक्लो भीड लाग्छ । ६० वर्षीया आमाको हत्यारा पत्ता लगाउन आग्रह गर्दै ईश्वरी भक्कानिएर रोइरहेकी थिइन् ।
आमा र छोरालाई कोठामा छोडेर बिहान सबेरै दिदी भेट्न हिँडेकी ईश्वरी आमाको हत्या घटनाप्रति अन्जान र निर्दोष भएजस्तै गरी अलाप विलाप गरिरहेकी थिइन् । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटेको एक टोली घटनाको बरामदी मुचुल्का तयार गर्न व्यस्त बन्यो भने अर्को टोली अनुसन्धानमा सक्रिय रह्यो ।
महाशाखा प्रमुख सहकुल थापाका अनुसार अनुसन्धानको शुभारम्भ छोरी ईश्वरी र छिमेकीबाट नै सुरुभयो तर ईश्वरीले घटनाबारे केही थाहा नभएको बताएपछि प्रहरीले छिमेकीबाट अनुसन्धान सुरु गरेको हो । बिहान कोठामा आएका एक पुरुषलाई आमा सावित्रीले चिरपरिचित व्यक्तिलाई जस्तै ‘फेरि फर्केर आइस् भन्दै’ गाली गरेको रहस्य छिमेकीको बयानबाट खुलेपछि प्रहरीले ईश्वरीको मोबाइलबाट अनुसन्धान सुरु ग¥यो ।
सो मोबाइलमा प्रयोग भएको सिम र फेसबुकमा २७ वर्षीया ईश्वरी र सिराह विष्णुपुरका २३ वर्षीय मोहम्मद नौसादबीच पटक–पटक संवाद भएको तथ्य फेलापरेपछि प्रहरीले हत्याराको आशङ्कामा नौसादलाई साँझ धादिङको गजुरीबाट पक्राउ गरेको हो । अभियुक्त नौसादको पक्राउपछि प्रहरीले थप दुई जना भारतीय नागरिक २४ वर्षीय अर्जुनकुमार भन्ने भोला कुमार र २४ वर्षीय मोहम्मद रहिसलाई हेटौँडाबाट पक्राउ गरी राति नै काठमाडौंँ ल्याएको थियो । महाशाखा प्रमुख थापाले भन्नुभयो, “मुख्य नाइके नौसादको पक्राउसँगै अवैध प्रेम सम्बन्धको पोल खुल्ने डरले छोरी ईश्वरीले नै आमा सावित्रीको हत्या गर्न लगाएको रहस्य खुलेको हो । ” घटना भएको आठ घण्टा नबित्दै सबै अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । मुख्य योजनाकार भनिएकी ईश्वरीले प्रेमी नौसादसँगको अवैध सम्बन्ध खुल्ने डरले भारतबाट झिकाइएका कन्ट्रयाक्ट किलरलाई १२ लाख रुपियाँ दिने सर्तमा आमाको हत्या गर्न लगाएको स्वीकारेकी हुन् ।
प्रहरीले ईश्वरी, उनका प्रेमी नौसाद, भारतको मधुवारीका भोला कुमार र रहिसलाई सोमबार सार्वजनिक गरेको हो । ईश्वरीकी श्रीमान् सिनामङ्गलमा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । ईश्वरीले छोरा हेर्न भनेर आमालाई काठमाडाँैं बोलाएकी थिइन् । पुरानो थिमिस्थित एक गार्मेन्टमा काम गर्ने नौसाद र ईश्वरीबीचको प्रेम सम्बन्ध थाहा पाएपछि आमा सावित्रीले पटक–पटक ‘पोल खोल्ने चेतावनी’ समेत दिएकी थिइन् । उक्त चेतावनीपछि ईश्वरीले एक लाख लगानी गरी प्रेमी नौसादलाई जेठ पहिलो हप्ता खाडी पठाएकी थिइन् तर नौसाद ईश्वरीकै सल्लाहमा असार १० गते नेपाल फर्किएका हुन् ।

उनी १२ गते भारत पुगेर १४ गते दुई जना ‘कन्ट्रयाक्ट किलर’ भोला र रहिस बोकेर काठमाडौंँ आइपुगेका थिए । आइतबार बिहान ईश्वरी दिदीको घर जान छिटै निस्कने र सोही मौकामा हत्या गर्ने योजना बने पनि छोरा स्कुल नपठाई सकेकाले नौसाद झगडा गरेर फर्किएका थिए । नातिलाई स्कुल पु¥याएर फर्किएको १०÷१५ मिनेटपछि बाटो कुरी बसेका नौसादले सावित्रीको हात, मुख, रहिसले खुट्टा र भोलाले गलाबाट चक्कु प्रहार गरी हत्या गरेको जानकारी प्रहरीले दिएको छ । उनीहरूको साथबाट चक्कु, रगतले लतपतिएका कपडा बरामद भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu