Connect with us
Kapilvast Forest

खुर्पा प्रहार गरेर जेठाजुको हत्या

२०७६, १७ असार मंगलवारमा प्रकाशित

गोरखा, असार १६ गते । शहीदलखन गाउँपालिका–७ बुङकोटमा बुहारीले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छिन् । बुङकोटस्थित चारघरेमा आज दिउँसो ८२ वर्षीय बलबहादुर रानालाई आफ्नै भाइबुहारीले खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्याको आरोपमा प्रहरीले ५२ वर्षीया गोरीमाया रानालाई प्रहरीले पक्राउ गरेको छ । खुर्पा प्रहारपछि गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याइएको थियो । अस्पताल पु¥याउने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।

जेठाजुमाथि खुप्रा प्रहार गर्नुको कारणबारे भने केही खुल्न नसकेको प्रहरी नायब निरीक्षक रोशन श्रेष्ठले जानकारी दिनुभयो । हत्याका आरोपित गोरिमायालाई हत्यामा प्रयोग गरेको भनिएको खुर्पासहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu