Connect with us
Kapilvast Forest

पर्वतमा बाँदर आतंक, ३३ प्रतिशत मकै सखाप

२०७६, १८ असार बुधबारमा प्रकाशित

 पर्वतको विहादी गाउँपालिकाका किसान यतिबेला बाँदर आतंकबाट हैरान छन् । किसानले खेतबारीमा लगाएको मकै, तरकारी र फलफुल खाइदिएपछि किसान निराश बनेका हुन् ।

विहादी गाउँपालिका–४ लिङसियाकी रन्नता पाठक भन्नुभयो, ‘खेतबारीमा लगाएको खेतीबाली सखाप पार्यो, भएन भनेर घरमै छिरेर बच्चामाथि समेत आक्रमण गरेर गाउँमा बस्नै नसकिने बनायो ।’ बादरकै कारण ५ रोपनी जमीनमा लगाएको तरकारी खेतीका साथै फलफुल खेतीसमेत गर्न छाड्नु परेको उहाँले बताउनुभयाे ।

घर भित्रबाट खाना पकाउने भाडासमेत बाँदरले लैजाने केटाकेटीलाई आक्रमण गर्नेक्रम बढेपछि स्थानीय बसाइसराइ गरेर अन्यत्र ठाउँमा जान थालेको पाठककाे भनाइ छ ।

सोही गाउँपालिका ५ उरामका एकनारायण काफ्लेले ३ रोपनीमा लगाएको तरकारी खेती र २२ रोपनी जमीनमा लगाएको मकै बाँदरले सखाप पारिदिएपछि अहिले सबै जमीन बाँझो बनेको गुनासाे गर्नुभयाे ।

गाउँपालिका अध्यक्ष कमलप्रसाद भूषालले गाउँपालिका भित्र किसानले लगाएको ३३ प्रतिशत मकै बाँदरले सखाप पारिदिएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘यति बेला पीडित किसान गाउँपालिकामा आएर बाँदरको नियन्त्रण नगरे आफूहरुले लगेको टनेलसमेत फिर्ता गर्छौँ भन्नुभएको छ । बाँदरले हामीलाई ठूलो समस्या पारेको छ ।’

किसानका समस्या प्रति गाउँपालिका चिन्तित रहेको उहाँको भनाइ छ । बाँदरले किसानलाई हैरान पारेको छ, यो कुरा थाहा हुँदा हुँदै पनि गाउँपालिकाले तत्काल केही गर्न सकने अवस्था नभएको गाउँपालिका अध्यक्षको भनाइ छ ।

बाँदर मार्न कानूनी रुपमा बन्धेज भए पनि अधिकांश किसानबाट बाँदरलाई मारेर भएपनि समस्याको समाधान गर्नुपर्ने माग आउने गरेको अध्यक्ष भूषालले बताउनुभयो ।

गाउँपालिकाको परिषदबाट बाँदर नियन्त्रणको लागि केही बजेट विनियोजन गरेको बताउँदै, कुनै त्यस्तो खालको प्रविधि भएको खण्डमा प्रयोग गर्ने योजनामा रहेको अध्यक्ष भूषालले जानकारी दिनुभयाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu