Connect with us
Kapilvast Forest

प्रदेश १ सरकारले १२ सय युवालाई रोजगार दिने

२०७६, १८ असार बुधबारमा प्रकाशित

विनु तिम्सिना, विराटनगर । प्रदेश १ मा रहेका वेरोजगार युवालाई सिप र क्षमता अनुसारको रोजगारको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १ हजार २ सय बेरोजगार युवालाई रोजगारमा जोड्ने भएको हो । सामाजिक विकास मन्त्रालयले प्रथम प्रादेशिक रोजगार मेला आयोजना गरेर बेरोजगार युवाहरूलाई रोजगारसम्म जोड्ने कामको शुरूवात गरेको छ ।

वेरोजगार युवालाई रोजगारमा जोड्न सामाजिक विकास मन्त्रालयले ‘प्रथम प्रादेशिक रोजगार मेला २०७६’ आउँदो असार २८ गते विराटनगरस्थित जैन भवनमा गर्दैछ रोजगारदाता र वेरोजगार जनशक्तिबीचको पुलको काम प्रदेश सरकारले गरेको मन्त्री जिवन घिमिरको भनाइ छ ।

रोजगार मेलामा सहभागी हुने बेरोजगार जनशक्तिको लागि मन्त्रायले अनलाइन मार्फत पनि फारम भर्ने व्यवस्था मिलाएको छ । रोजगार मेलामा सहभागी हुनेहरूका लागि मन्त्रालयले असार १७ देखि २४ गते साँझसम्म रोजगारी आवेदन फारम खुल्ला गरेको पनि जानकारी गराएको छ । रोजगारी आवेदन फारम भर्न प्रदेश १ मा रहेका प्रत्येक स्थानीय तहसँग समन्वय गरी रोजगार संयोजक मार्फत फारम भर्न मिल्ने मन्त्रालयले जनाएको छ । रोजगार फारम भर्नेले मात्र रोजगार मेलामा सहभागी हुन पाउँछन् ।

रोजगार मेलाको मुल समितिमा जिल्ला प्रशासन कार्यालय मोरङ रोजगार शाखा, विराटनगर महानगरपालिका, मोरङ प्रहरी, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र इटहरी, नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ । प्रथम रोजगार मेला आयोजना गर्न सामाजिक विकास मन्त्रायले २५ लाख रूपैयाँ बजेट बिनायोजन गरेको बताइएको छ । रोजगारदाताबाट प्रदेश सरकारलाई करिब १ हजार २ सय विभिन्न पदहरूमा रोजगार गर्ने जनशक्तिको माग आएको सामाजिक विकास मन्त्रायले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu