Connect with us
Kapilvast Forest

अम्बाती राइडुद्वारा सन्यासको घोषणा

२०७६, १८ असार बुधबारमा प्रकाशित

काठमाडौं । भारतीय क्रिकेट खेलाडी अम्बाती राइडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले बीसीसीआईलाई एक पत्र लेख्दै क्रिकेटको सबै फरम्याटबाट सन्यासको घोषणा गरेका हुन् । राइडु विश्वकपको १५ सदस्यमा चुनिएका थिएनन् । उसो राइडुले आईपीलमा खेल्ने वा नखेल्ने भन्नेबारे अहिलेने केही खुलाएका छैनन् ।

जिम्बाबे विरुद्ध २४ जुलाई २०१३ मा खेलिएको एकदिवसीय खेलबाट राइडुले डेब्यु गरेका थिए । उनले त्यो खेलमा ६३ रनको पारी खेलेका थिए । राइडुले अहिलेसम्म ५५ एकदिवसीय खेल खेलेका छन्, जसमा उनले ४७.०५ को औसत राख्दै १६ सय ९४ रन बनाएका छन् । यसमा उनले तीन शतक र १० अर्धशतक बनाएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,