Connect with us
Kapilvast Forest

पानीको लागि अपहरण !

२०७६, १९ असार बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी
कपिलवस्तु । गोरुसिङेकाे बरकुलपुरमा मंगलबार एक व्यक्ति अपहरण गरे । व्यक्ति अपहरण परेपछि गाउँभर हल्लाखल्ला मच्चियो ।

अपहरणको द्रोस्रो दिन बुधबार दिउँसो बरकुलपुरका थारु समुदाय जम्मा भए । अपह्ररितलाई छुट्टाउन बासिन्दाबीच छलफल भयो । उनीहरुले जुक्ति निकाले । अपह्ररितलाई छुट्टाउन गाउँका सबै महिला गोरुसिङे जाने निधो भयो ।

बेलुका ५ बजे गाउँका महिला तथा किशोरीहरु नाराबाजी गर्दै गोरुसिङे पुगे । त्यसपछि अपहरणमा परेका व्यक्तिलाई छुटाएर ल्याए । घटना हेदा ठूलै अपराध जस्तो देखिन्छ । वास्तवमा त्यो अपराध थिएन, न त अपहरण नै । त्यो थारु समुदायको संस्कारमा आधारित नाटक थियो ।

बरकुलपुर र गोरुसिङेका थारु समुदायमा लामो समय पानी नपर्दा यस्तै गर्ने चलन छ । यसपाली पनि लामोसमय पानी नपरेपछि त्यही गरिएको हो । video====>>>>

https://www.youtube.com/watch?v=MCsT5xrh1fM

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,