Connect with us
Kapilvast Forest

‘शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीकाे षड्यन्त्र’

२०७६, २० असार शुक्रबारमा प्रकाशित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरुले विभिन्न षड्यन्त्र गरिरहेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

शुक्रबार समाजवादी पार्टी, नेपाल छोडेर आफ्नो पार्टीका प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उहाँले नेपालको शान्ति प्रक्रिया संसारकै सफल मध्ये एक भए पनि यसलाई भाँड्न केही मानिसहरु युरोपलगायतका संसारमा विभिन्न मुलुकमा घुमाउने काम भईरहेको दावी पनि गर्नुभयो ।

अध्यक्ष दाहालले बाबुराम भट्टराई, मोहन बैद्य, चित्रबहादुर केसीलगायतका नेताहरुलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गर्नुभयो । मोहन विक्रम सिंह, मोहन बैद्यलगायतका पूराना नेताहरुको बुद्धि मुलुकको हितका लागि, कम्युनिष्ट एकताका लागि लगाउन आफ्नो पार्टीमा समाहित भएर जानैपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले बाबुराम भट्टराईको बौद्धिकताको सदुपयोग आफ्नो पार्टीमा आएपछि मात्रै हुने दावी गर्नुभयो । वैद्यलगायतका पुराना नेताहरु आफ्नो पार्टीमा आए उचित सम्मान दिने पनि अध्यक्ष दाहालले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu