Connect with us
Kapilvast Forest

खुकुरी प्रहार गरी आमा मार्ने पक्राउ

२०७६, २० असार शुक्रबारमा प्रकाशित

विद्यानन्द राम,सप्तरी । खुकुरी प्रहार गरी आमा मार्नेलाई प्रहरीले पक्राउ गरेको छ । सुरुङ्गा नगरपालिका–१ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी पुलामीलाई सार्वजनिक गरेको हो । मानसिक अवस्था ठिक नभएका भनिएका पुलामीको खुकुरी प्रहारबाट उनकी आमा ६५ वर्षीया धनमाया पुलामीको बिहीबार साँझ निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट घाँटी तथा अनुहारमा चोट लागेको मृतक धनमायाको शव पोष्टमार्टमका लागि सिरहा अस्पताल लहान लगिएको छ ।

खुकुरी प्रहार गर्ने पुलामीलाई सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu