Connect with us
Kapilvast Forest

६ हजार ६ सय २७ जनालाई साक्षर बनाई शिवराज पूर्ण साक्षर घोषणा

२०७६, २० असार शुक्रबारमा प्रकाशित

दिपक कुवँर, कपिलवस्तु असार २०
कपिलवस्तुको शिवराज नगरपालिकालाई एक कार्यक्रमका विच नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरपालिका भित्रका १५ देखि ६० बर्ष उमेर समूहका ६ हजार ६ सय २७ जना निरक्षर साक्षर बनाई शुक्रबार बृहत कार्यक्रमका विच नगरलाई पूर्ण साक्षर नगर घोषणा गरिएको छ ।
शिवराज नगरपालिकामा अब निरक्षर अब कोहि रहेनन नगरप्रमुख नेत्रराज अधिकारीले भने । बैशाखबाट नगरलाई साक्षर घोषणा गर्नका लागी विद्यार्थी परिचालन गरी निरक्षर संख्या पत्ता लगाई उनीहरुलाई साक्षर कक्षा संचालन गरी उनीहरुलाई साक्षर गरिएको घोषणा कार्यक्रममा प्रमुख अधिकारीले बताए । कार्य पत्र प्रस्तुत गर्दै अधिकारीले ३०१ वाट साक्षर कक्षा संचालन भएको बताए । नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने एइइको परिक्षा दिएर बसेका विद्यार्थीले साक्षर कक्षा संचालन गरेकोले साक्षरता अभियान प्रभावकारी भएको उनले जनाए ।
घोषणा कार्यक्रममा प्रदेशका दुई जिल्ला अझै कपिलवस्तु र बाके अझै पनि पूर्ण साक्षर घोषणा गर्न बाकी रहेको जनाउदै जिल्लाको शिवराज नगरपालिकाले फेरी एउटा सुचक पुरा गरी जिल्लाको तेस्रो पूर्ण साक्षर नगर बन्न सफल भएको प्रदेश नं. ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ५ बर्ष पछि सम्पूर्ण बजेट शिक्षा स्वास्थ्य खानेपानी र कृषिमा लगानी हुनेछ । अहिले बन्ने बाटोहरुमा अब लगानी लगाउनु पर्दैन । प्रदेशका कुनै पनि विद्यालय अब टिनको छानो भौतिक पूर्वाधार विनाको नरहने उनले जिकिर गरे ।

कार्यक्रममा नगरपालिकाले पूर्ण साक्षर नगर घोषणा गर्न सफल भएकोमा प्रदेश नं. ५ सामाजिक विकास समिति सभापति दिर्घनारायण पाण्डे , नेपाली काग्रेस संसदीय दलका उप नेता विरेन्द्र कुमार कानोडिया, प्रदेश सदस्य अर्जुन कुमार के.सी. प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक नारायण खनाल, शिक्षा विकास निर्देशनालयका मनोज कुमार गैरे लगायतले बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

पूर्ण साक्षर नगर घोषणा कार्यक्रममा नगरका सामुदायिक विद्यालय तर्फ आधारभूत तहमा उत्कृष्ट अंक ल्याउने नेपाल आर्दश मा.वि.का किरण चौधरी, योगेश चौधरी, संस्थागततर्फ शिवगढी इंलिस स्कुलका विद्यार्थी शुसिला अधिकारी, ४ जिपिए ल्याउने राजु अधिकारी , शिवम अधिकारी र फफुरी इलिस बोडिगं स्कूलका अनिल गैरेलाई नगद सहित सम्मान गरिएको छ ।

यस्तै कार्यक्रममा उत्कृष्ट करदाता रहमतुल्ला मुसलमान बालाजी सिमेन्ट प्रा.लि., उत्कृष्ट निर्माण उपभोत्ता समितिमा उमरी गाउँ देखि उमरी गुफा सम्म सडक कालोपत्रे उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी सुग्रीव रैदास, साहित्य,कला र संस्कृति तर्फ सुमन पौडेल जेष्ठ नागरीक वडा नं. ८ का रामप्यारे नाउँ, वडा नं. २ का कमला बुढा र शिवराज नगरपालिकाको विकास पत्रकारीता पुरस्कार पत्रकार महासंघका कोषाध्यक्ष दिपक खड्कालाई प्रदान गरिएको छ ।

नगर प्रमुख नेत्रराज अधिकारीको अध्यक्षता र सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख शिवकुमारी चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षा शाखा विद्यालय निरक्षक पूर्ण विश्वकर्माको संचालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu