Connect with us
Kapilvast Forest

देशमा अनियन्त्रित आन्दोलनको खतरा:कृष्ण पहाडी

२०७६, २० असार शुक्रबारमा प्रकाशित

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले देशमा ‘अनियन्त्रित आन्दोलनको खतरा’ रहेको बताउनुभएको छ ।

‘देशमा विभिन्न बाहनामा बितण्डा मच्चाउने र अराजकता फैलाउने कार्य भइरहेको छ, यदि कसैले आन्दोलन गर्यो भने त्यो अनियन्त्रित हुने खतरा छ’ नेपाल पत्रकार महासंघद्वारा शुक्रवार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘ बितण्डा मच्चाउने कार्यमा विभिन्न समूह सक्रिय छन् । ज्योतिषीकै नाममा समेत बितण्डा मच्चाउन खोजियो । यसरी बितण्डा मच्चाउने र अराजकता फैलाउने कार्य बढ्ने हो भने देशमा अनियन्त्रित आन्दोलनको खतरा हुन्छ ।’

अधिकारवादी नेता पहाडीले कसैले आफूलाई मानव अधिकारवादी भन्दा घृणा लाग्ने गरेको उल्लेख गर्नुभयो । ‘कुनै बेला मानव अधिकारवादी हुँ भन्दा गर्व लाग्थ्यो तर अहिले घृणा लाग्छ’ उहाँले भन्नुभयो, ‘अहिले समाजको सबै क्षेत्रमा बिकृति छ । मानव अधिकारवादी भन्नेहरुमा झनै बिकृति छ । उनीहरुले मानव अधिकार नै बुझेका छैनन् ।’

अधिकारवादी नेता पहाडीले मानव अधिकार उल्लघन गर्नेहरुलाई जघन्य अपराधी मान्नुपर्ने बताउनुभयो । ‘मानव अधिकार उल्लघंन र अपराध फरक पाटा हुन्’ उहाँले भन्नुभयो, ‘ मानव अधिकार उल्लघंन गर्ने कार्य जघन्य अपराध हो । मानव अधिकार उल्लघंनलाई विश्वमै जघन्य अपराध मानिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu