Connect with us
Kapilvast Forest

भारतीय राजदुुत पुुरी किन आए कपिलवस्तुु ? (पढ्नुस नालीवेली)

२०७६, २० असार शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु असार २०,
भारतीय राजदुुत मन्जिभ सिंह पुुरी एक दिनको लागि आज आफनो परिवार सहित एक्कासी कपिलवस्तुु पुगेका छन् । राजदुत पुरीकी श्रीमती सहितको टोली आज बिहान कपिलवस्तु पुगेका हुन् । आफनी श्रीमती सहित कपिलवस्तु पुगेका राजदुत पुरीले कपिलवस्तुको विभिन्न ठाउमा अवलोकन तथा भेटघाट गर्नु भएको छ ।
राजदुत पुरी आज विहान करिब ११ बजे जवाभारी स्थित प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाको घरमा आधा घण्टा भेटवार्ता गर्नु भयो । कनोडियोको भेटलाई छोट्याउदै राजदुत पुरीको टोली कपिलवस्तुका नेता तथा पुर्व भौतीक निर्माण राज्य मन्त्री इश्वर दयाल मिश्राको घर कर्मामा पुग्यो । विहानै देखी कर्मामा राजदुत पुरीलाई भेटन भनी कपिलवस्तुका नेता व्यापारी, पत्रकार पुगेका थिए । नेकपाका नेता इश्वर दयाल मिश्राको श्रीमती शकुन्ताला मिश्राको जेठ २७ गते आसमायिक निधन भएपछी श्राद्धान्जाली दिन राजदुतको परिवार कर्मा पुगेको थियो ।
कर्मामा राजदुत पुगेपछी प्रदेश नं ५ का समाजिक विकास समितिका सभापती दुगनारायण पाण्डे, प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, पुर्व कृषी मन्त्री अकवाल अहमद शाह, कृष्णनगरका समाजसेवी जावेद आलम खा, चन्द्रौटाका समाजसेवी टोपलाल पोखरेल, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, कृष्णनगर उद्योग वाण्ज्यि सघंका निर्वातमान अध्यक्ष बन्टी सिंह, स्थानिय भद्रभलदमी, पत्रकार बुद्धीजिवीको समेत सहभागीता रहेको थियो ।
श्राद्धन्जाली अर्पण पछी समय निकाल्दै राजदुत पुरीले स्थानियसँग भलाकुसारी गरेका थिए । राज्य मन्त्री इश्वर दयाल मिश्राले कपिलवस्तुको समग्र विकासका लागि विभिन्न योजना सञ्चालनका लागि राजदुत समक्ष माग राख्नु भएको थियो ।
त्यस्तै स्थानियले कपिलवस्तुको छोटी भन्सार नाका सञ्चालन नहुदा आवत जावतमा कठिनाई हुदै आएकोले नाका सञ्चालनका लागि माग राखेका थिए । जवाफमा राजदुत पुरीले नेपाल भारतको सम्बन्ध सादियौ देखी प्रगढ रहेकोले सिमामा हुने समस्या तत्काल समाधान गर्न पहल गर्ने बताउनु भयो ।
कर्मामा करिब १ घण्टा समय विताएका राजदुत पुरीको टोली कृष्णनगर स्थित गुरुद्धारामा गई पुजापाठ गर्नु भएको थियो । पुरीको टोलीले करिब आधा घण्टा समय गुरुद्धारामा विताउनु भएको थियो । त्यसपछी टोली मडवारी मन्दिर पुगी त्यहा भेटघाट तथा पुजा गरेको बन्टी सिंह शरदारले जानकारी दिनु भयो ।
त्यस्तै नेपालको बारेमा विभिन्न जिज्ञास तथा जानकारी लिदै राजदुतको टोली भारतको बढनीमा रहेको भारत कस्टम गई विभिन्न जानकारी समेत लिएको थियो । नेपाल भारतको सिमामा हुने विभिन्न गतीविधीका बारेमा करिब ४५ मिनेट समय उहाले कस्टममा विताउनु भयो ।
कस्टमको भेटपछी टोली पुनं नेपाल प्रवेश गर्यो । विभिन्न तामझामका साथ सजाइएको कृष्णनगर उद्योग वाण्ज्यि संघको कार्यालयमा पुरीको पुग्यो । नव निर्वाचित कृष्णनगर उद्योग वाण्ज्यि संघको पदाधिकारीले पुरीको भव्य स्वागत गरेका थिए ।
साझ पर्दै गएको थियो राजदुत पुरीको टोली वाकी समयलाई सदुपयोग गर्दै अन्तीममा कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाह निवास बहादुरगंजमा पुग्यो । बहादुरगंजमा करिब एकघण्टाको समयमा कृष्णनगर नगरपालिको विकासको बारेमा छलफल भएको नगर प्रमुख शाहले बताउनु भयो ।
नगर प्रमुख शाहले कृष्णनगरको विकासका लागि यस क्षेत्रमा बहुमुखी क्यम्पस स्थापन, सडक निर्माण, व्यपार प्रर्वधनका योजना सञ्चालन गर्न लागि माग राख्नु भएको शाहले बताउनु भयो । राजदुत पुरीले कृष्णनगर नगरपालिकाको विकासका लागि आगमी दिनमा आफुले सक्दो पहल गर्ने बताउनु भयो ।
राजदुत पुरीले भने कुनै यो राजनितीक भेटघाट नभएको र नितान्त आफनो व्यक्तिगत रुपमा कपिलवस्तु आएको संचारकर्मि लाई बताए । राजदुत पुरी भैरहवा स्थित गौतम बुद्ध विमन स्थाल पुगी काठमाण्डौ फर्कि सक्नु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu