Connect with us
Kapilvast Forest

कमाउनिस्ट पार्टीमा बौद्धिकको के काम : भट्टराई

२०७६, २१ असार शनिबारमा प्रकाशित

राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।

कान्तिपुर दैनिकले ‘भान्सामा भित्रिँदै विषादी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफुलमा विषादी परीक्षण स्थगन गरेको छ । यसले गर्दा आयातित तरकारी र फलफुल अब विषादी परीक्षणबिनै उपभोक्तको भान्सामा पुग्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातित तरकारी तरकारी फलफुलमा विषादी परीक्षण नगरीकनै आयात गर्न पाउने निर्णय भएको छ।

नागरिक दैनिकले ‘कमाउनिस्ट पार्टीमा बौद्धिकको के काम : भट्टराई’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । आफूलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्न आग्रह गर्ने पूर्वसहयोद्धा पुष्पकमल दाहाललाई समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले दीपक मनाङेजस्ता बौद्धिक भएपछि अरु बौद्धिकको आवश्यकता नपर्ने भन्दै व्यंग्य गरेको छन् । दाहालले पार्टी प्रवेश कार्यक्रममा भट्टराईको बौद्धिकता नेकपामा आवश्यक पर्ने बताएका थिए ।

अन्नपूर्ण पोस्ट् दैनिकले ‘दलाई लामाको जन्मोत्सवमा रोक’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचार अनुसार गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो।

जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो।

राजधानी दैनिकले ‘निजी विद्यालयको प्रवेश परीक्षा, विद्यार्थीमा त्रास शुल्कमा मनोमानी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
समाचार स्रोतका अनुसार माध्यमिक शिक्षा (कक्षा १२ सम्म) निःशुल्क भनिए पनि निजी विद्यालयहरूले चर्को शुल्क लिएर अभिभावकमाथि दोहन गर्नेक्रम जारी राख्दै आएका छन् ।

विद्यार्थी भर्नापूर्व अहिले प्रायः सरकारी तथा निजी विद्यालयमा प्रवेश परीक्षा (इन्ट्रान्स)को तयारी थालिएको छ भने केही विद्यालयमा प्रवेश परीक्षा भइसकेको छ । सरकारले समेत कक्षा ११ र १२ मा शुल्क निर्धारण नगर्दा ती विद्यालयहरूले विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको पाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu