Connect with us
Kapilvast Forest

बहिनीको चप्पल बगाएपछि टिप्न गएकी दिदी बेपत्ता

२०७६, २१ असार शनिबारमा प्रकाशित

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका–९ बेलघारीमा मर्स्याङ्दी नदीले बगाएको चप्पल टिप्पन गएकी एक बालिका बेपत्ता भएकी छन्। शुक्रबार बिहान स्थानीय ७ वर्षीया रितु गुरुङ मर्स्याङ्दीमा बेपत्ता भएकी हुन्।

बिहान ११ बजे नदी किनारमा साथीसँग खेल्ने क्रममा बहिनीको चप्पल खोलाले बगाएपछि टिप्न गएकी रितुलाई नदीले बगाएको हो।

रितु दोर्दी गाउँपालिका–१ रत्न प्राविको कक्षा तीनमा पढ्थिन्। ‘साथीसँग नदी किनारामा खेल्दै गर्दा बहिनीको चप्पल बगाएछ। चप्पल टिप्पन जाँदा उनलाई बगाएपछि बेपत्ता भएकी छन्,’ जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले भने।, अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu