Connect with us
Kapilvast Forest

कांग्रेस मिसन र भिजनका साथ अघि बढ्छः पौडेल

२०७६, २१ असार शनिबारमा प्रकाशित

भरतपुर,  नेपाली  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिसन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस (भरतपुर)ले आज (शनिबार) आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन्।

अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे। राजनीतिमा मिसन र भिजन नहुँदा सम्मानित क्षेत्रका रूपमा विकास हुन नसकेको उनले बताए।

उनले भने, ‘राजनीतिमा मिसन नहुँदा जनतामा वितृष्णा बढेर गयो। यसकारण राजनीतिले ठीक दिशा लिन सकेको छैन।’

उनले ७० वर्षको संघर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योल छाएको बताए।

फरक प्रसंगमा उनले नेपाल विद्यार्थी संघ गुटमा लाग्न नहुने सुझाव दिए। नेविसंघ स्वचालित हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu