Connect with us
Kapilvast Forest

मायादेविमा विभिन्न सिपमसलक तालिम समापन

२०७६, २१ असार शनिबारमा प्रकाशित

दिपक के.सी. कपिलवस्तु असार २१,
कपिलवस्तुको मायादेवि गाउँपालिकामा शनिबार विभिन्न सिपमुलक तालिमको समापन भएको छ । आर्थिक बर्ष ०७५÷०७६ को विभिन्न लक्षित बर्गको लागी छुट्याईएको कार्यक्रमबाट सिपमुलक तालिम संचालन गरिएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा राइस्टेप एजुकेशन एकेडेमी कपिलवस्तुको आयोजनामा गाउँपालिको पकडीमा लक्षित बर्गका लागी सिपमुलक तालिम संचालन गरिएको आयोजक संस्थाका व्यवस्थापक कृष्ण शर्मा पौडेलले बताए ।

तालिमको समापन समारोहमा प्रशिक्षर्थीलाई प्रमाण पत्र वितरण गर्दै गाउँपालिका प्रमुख बजरंगी प्रसाद चौधरीले युवाहरुले तालिम पश्चात व्यवसायिक र स्वरोजगार बन्न सफल भएको बताए । सिप र तालिमको अभावमा बेरोजगार बन्नु परेका युवाहरुलाइ गाउँपालिकाले क्रमश सिपमुलक तालिमहरु राख्दै युवाहरुलाई व्यवसायिक बन्न सहयोग पुराउने बताए । यस बर्ष विभिन्न सिपमुलक तालिममा सहभागिक भएका गाउँपालिकाका युवाहरुलाई रोजगार व्यवसायका लागी गाउँपालिकाले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आयोजसंस्थाले निकै मिहिनेतका साथ युवाहरुलाई व्यवसायिक तालिम दिएकोमा उनले आयोजक राइस्टेपलाई धन्यवाद समेत व्यक्त गरे ।गाउँपालिकाको लक्षित बर्गका लागी सिप विकास तर्फ १५ दिने पेन्टिङ्ग २४ जना, मोटरसाइकल मर्मत तालिममा ४३ जना, हस्तकला सम्बन्धि डल कुशन बनाउने तालिम २४ जनालाई प्रदान गरिएको अध्यक्ष चौधरीले बताए । आगामी आर्थिक बर्ष अझ धेरैलाई सिप विकास तालिम प्रदान गर्ने व्यवसायिक बन्न सहयोग पुराउने उनले जनाए ।

गाउँपालिकाले यस बर्ष दिएका सिप विकास तालिमहरुमा सहभागि भएकाहरुले अब व्यवसायिक र उद्यमी बन्नु पर्नेमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र ढकालले बताए । “अब सिप सिके पछि आफै व्यवसाय गरे पनि हुन्छ ,न भए रोजगार गरे पनि हुन्छ ” ढकालले भने । सिकेको सिपलाई व्यवहारमा उर्तान सके मात्रै गाउँपालिकाले गरेको लगानी र आयोजकले गरेको मेहनेतले सार्थकता पाउने उनले बताए ।कार्यक्रममा सामाजिक विकास शाखाका बैतुल्ला धुनियाले सिप सिकेका प्रशिक्षार्थीको आगामी दिनमा व्यवसायिक र रोजागरी मुलक काममा लाग्न शुभकामना दिएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण शर्मा पौडेलेको अध्यक्ष , गाउँपालिका प्रमुख बजरंगी प्रसाद चौधरीको प्रमुख आथित्यता, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकालको विशिष्ट आथित्यतामा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu