Connect with us
Kapilvast Forest

एक सातापछि यी क्षेत्रमा बाढी ‘आउन सक्ने’

२०७६, २२ असार आईतवारमा प्रकाशित

काठमाडौं । सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गते अगावै थन्काइसक्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको छ ।

पूर्वानुमान महाशाखाले नदी र खोलामा जलस्तर बढ्दो क्रममा रहेको र एक सातापछि बहाव उच्च हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । डडेलधुरा, डोटी, कैलाली कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा आइतबार बिहादेखि बहाव उच्च हुने अनुमान छ ।

केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सर्त रहनसमेत महाशाखाले अनुरोध गरेको छ । खबर कान्तिपुर दैनिकले छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu