Connect with us
Kapilvast Forest

ओली र दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति

२०७६, २२ असार आईतवारमा प्रकाशित

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ ।

प्रधानमन्त्री समेत रहनु भएका ओलीसँग आइतबार बिहान एक वर्ष अघि नै पार्टीका शीर्ष नेताबीचको सर्वसम्मतिमा तयार पारिएको राजनीतिक प्रतिवेदन भोली (सोमबार) नै प्रकाशनमा लैजाने गरी सहमति गरिएको अर्का अध्यक्ष दाहालले जानकारी दिनुभएको हो ।

उहाँले प्रतिवेदन प्रकाशनमा लैजानेसहमति पार्टी एकीकरणको सबैभन्दा ठूलो काम भएको उल्लेख गर्दै खुशी व्यक्त गर्नुभयो । ‘प्रधानमन्त्री ओली र मेरो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर पनि प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ,’ अध्यक्ष दाहालको भनाइ थियो, ‘भोली त्यो प्रकाशनमा जाँदैछ, र पार्टी एकताको सन्दर्भमा त्यो एउटा ठूलो काम हामीले पूरा गरेका छौं, यसले पार्टीको आधिकारिक लाइन सम्बन्धि अन्यौललाई पनि अन्त्य गरिदिएको छ ।’

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रकाशन भएर आएपछि त्यसले पार्टीको आधिकारिक धारणा सम्बन्धी अन्यौल अन्त्य हुने पनि बताउनुभयो । पार्टी निकट नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठनद्वारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी अधिवेशन एकताको महाधिवेशन हुने र महाधिवेशनमा विचार, राजनीति र नेतृत्वको विषय सहमति र समझदारीमै टुंगो लगाउने उल्लेख गरिएको दावी पनि गर्नुभयो ।

अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता संक्रमणकालमै रहेकाले नीति निर्माण र नेतृत्व चयनमा गम्भीर भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले अहिलेका लागि नेतृत्व चयन अल्पमत र बहुमतको आधारमा नहुने भएकाले सोही अनुसार संगठनहरुको नीति र नेतृत्व चयन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले शासनमा पुगेपछि कम्युनिष्ट नेतृत्वको सरकारको लोकप्रियताको ‘ग्राफ’ घटेर जाने गरेको देखिएको उल्लेख गर्दै चुनौतिलाई सामना गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu