Connect with us
Kapilvast Forest

चुम्बन गर्ने बहानामा प्रेमीको जिब्रो टोकेर दुई टुक्रा

२०७६, २३ असार सोमबारमा प्रकाशित

काठमाडौं । एक पूर्व प्रेमिकाले आफ्नो पूर्व प्रेमिलाई चुम्बन गर्ने बहानामा जिब्रो टोकेर आधा बनाइदिएकि छिन् । यो घटना स्पेनको राजधानी बार्सिलोनामा घटेको हो ।

जिब्रो टोकेर आधा भाग छिनालेपछि भुइँमा थुकिदिएकी थिइन् । यो घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । घटना विवरण अनुसार पूर्व प्रेमिकाले पूर्व प्रेमीलाई देख्ने वित्तिकै अंगालो मार्न चाहेको बताएकी थिईन् । अंगालो मारेपछि अन्तिम पटक चुम्बन गर्न चाहेको बताएपछि दुवैजना चुम्बनमा मस्त भएकै बेला प्रेमिकाले प्रेमीकाे जिब्रो टोकेर दुई टुक्रा पारिदिएकी थिइन् ।

सन् २०१६ मा शुरु भएको उनीहरुको प्रेम दुईपटक ब्रेक अप भइसकेको जनाइएको छ । ती महिलाले प्रहरीलाई दिएकाे बयानमा प्रेमीले घाँटी थिच्ने प्रयास गरेकाले आफूले सहन नसकेर जिब्रो टोक्नु परेको बताएकी छिन् ।

अदालतमा प्रवेश नपाइसकेको यो मुद्दाले कस्तो रुप लिन्छ विश्वभरी चासोका साथ हेरिएको छ । ती पूर्व प्रेमी प्रेमिकाकाे नाम भने गाेप्य राखिएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu