Connect with us
Kapilvast Forest

नक्कली गुठी खडा गरी रानीमहलकाे जग्गा कब्जा

२०७६, २३ असार सोमबारमा प्रकाशित

काठमाडौं । काठमाडौबाट सोमबार प्रकाशित भएका विभिन्न पत्रपत्रिकाले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् ।

राजधानी दैनिकले मालपोत -माफिया -नेक्सस बारे प्रमुख समाचार प्रकाशित गरेको छ । समाचार अनुसार नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा रहेको खुलेको हो । नेपालको ताजमहलका रुपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ । पत्रिकाले राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानविनका क्रममा रानीमहलको जग्गा शंकास्पद रुपमा अतिक्रमणमा परेको उल्लेख गरेको छ । रानीमहल अनियमितता प्रकरणलाई थप छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको केन्द्रका सुचना अधिकारी डालनाथ अर्यालले बताउनुभएको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकले आफूहरुलाई घरपरिवारबाट अल्ग्याइएको भन्दै खाडीका घरेलु कामदारले गरेको गुनासोलाई समेटेर प्रमुख समाचार बनाएको छ । समाचारमा उल्लेख भए अनुसार सम्बन्धित मुलुकले कानुन नबनाउँदासम्म र द्विपक्षीय सम्झौता नगर्दासम्म घरेलु कामदार पठाउन बन्द गरिएपछि त्यसअघि खाडीलगायतका मुलुकमा पुगेका हजारौं नेपाली रोजगार गुम्ने डरले घर फर्केका छैनन् । खाडी लगायतका मुलुकमा यसरी काम गरिरहेका एक लाख ३९ हजार नेपाली कामदार रहेको पत्रिकाले उल्लेख गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu