Connect with us
Kapilvast Forest

काभ्रेमा सिरिञ्ज आक्रमणकारी पक्राउ, स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

२०७६, २३ असार सोमबारमा प्रकाशित

काभ्रे । बनेपामा सिरिञ्ज आक्रमणको गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले खगेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार बिहान बसमा यात्रा गरिरहेकी एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएपछि स्थानीयले पाठकलाई नियन्त्रणमा लिएका थिए । पीडितले पाठकलेनै सिरिञ्ज हानेको हो भनेपछि आफूहरुले उनलाई हिरासतमा राखेको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

स्थानीयले कुटपिट गर्न खोजेपछि पाठकलाई अहिले अहिले इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । पाठकको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यद्यपि पाठकले भने आफूले सिरिञ्ज नहानेको बताइरहेका छन् । पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएकाे छ । स्थानीयले पाठकलाई राखिएको इलाका प्रहरी कार्यालय बनेपा घेराउ गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu