Connect with us
Kapilvast Forest

राष्ट्रिय सभाद्वारा विनियोजन विधेयक पारित

२०७६, २३ असार सोमबारमा प्रकाशित

samsad-2.jpg

काठमाडाैं । राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको छ । सरकारले बजेट भाषण मार्फत प्रस्ताव गरेको आगामी आर्थिक वर्षको आय व्यय समेटिएको विनियोजन विधेयक सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतले पारित गरेको हो ।

सरकारले गएको जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६/२०७७ को बजेट संघीय संसद्को प्रतिनिधि सभामा प्रस्तुत गरेको थियो । राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलमा सांसदले बजेट सम्बन्धमा राखेका जिज्ञाशाको जवाफ सम्बन्धित् मन्त्रीले दिनुभएको थियो ।

संसदमा बजेट प्रस्तुत भए लगत्तै राष्ट्रिय सभामा विपक्षी दलका सांसदले खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो ।

सोमबारको बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित गर्न बाटो खुलेको हो ।

सरकारले प्रस्तुत गरेको बजेट सम्बन्धी विनियोजन विधेयकलाई मूल विधेयक मान्ने गरिन्छ । यो विधेयक पारित भएपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छ । यससँगै सरकारले संसदमा पेश आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत सम्बन्धी आश्रित विधेयकहरु पारित भएपछि बजेट पूर्ण रुपमा पारित भएको मनिन्छ ।

राष्ट्रिय सभाले मंगलबारको बैठकमा बाँकी आश्रित विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu