Connect with us
Kapilvast Forest

बजेटमा भ्वाङैभ्वाङ

२०७६, २४ असार मंगलवारमा प्रकाशित

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित भएका विभिन्न पत्रपत्रिकाले फरक -फरक विषयका समाचारलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोस्ट् दैनिकले बजेटमा भ्वाङैभ्वाङ शीर्षकमा समाचार प्रकाशित गरेकाे छ । सार्वजनिक खर्च प्रणाली पुनरावलोकन आयोगले संघीय सरकारको आकार घटाउने सुझाव दिएको छ ।तल्लो तहका सरकारको क्षमता विस्तार गरी सार्वजनिक सेवा प्रवाह गुणस्तरीय बनाएर संघीय प्रणाली प्रभावकारी बनाउन आयोगले प्रतिवेदनमार्फत सुझाव दिएको हो ।

समाचार स्रोतका अनुसार आयोगले मुलुकभर ३ हजार ५ सय कार्यालय र ९५ हजार कर्मचारी दबरबन्दीलाई संघ, प्रदेश र स्थानीय सरकार क्रमशः ३५,२०,र ४० हजार कर्मचारी समायोजन गर्न सुझाव दिएको छ । संघीय सरकारमा मन्त्रालयको संख्या १८ उपयुक्त हुने भनिए पनि सरकारले २५ मन्त्रालय राखेको छ ।

नयाँ पत्रिका दैनिकले ‘अझै टुंगिएन स्वास्थ्यका कर्मचारीको समायोजन’ शीर्षकमा समाचार छापेको छ । सरकारले कर्मचारी समायोजन सकिएको घोषणा गरेको तीन महिना नाघिसक्दा पनि स्वास्थ्यतर्फ ठूलो संख्याका कर्मचारीको समायोजन नै भएको छैन । तर मन्त्रालयले समायोजन टुंगिएको घोषणा गरे मन्त्रालयले स्वास्थ्यतर्फका करिब एक हजार कर्मचारीको मात्र समायोजन सकिएको जनाएको छ ।

नेकपाले हटायो ‘साम्यवाद’ शीर्षकमा नागरिक दैनिकले समाचार छापेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि तयार पारिएको राजनीतिक दस्तावेजबाट साम्यवाद हटाइएसँगै अहिले त्यो प्रकाशनको क्रममा रहेको छ । नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको सहमतिसँगै राजनीतिक दस्तावेज प्रकाशन हुन लागेको हो भने नेकपाले औपचारिक रुपमा साम्यवाद हटाउने भएको हो ।

राज्यकोषको २४ अर्ब डुबाउनेमाथि अख्तियारको छानबिन शीर्षकमा राजधानी दैनिकले समाचार छापेको छ । सरकारबाट २४ अर्ब रुपैयाँ पेस्की लिएर बेपत्ता भएका ठेकेदारमाथि छानबिन थालेको छ । विभिन्न विकास आयोजनाकोे नाममा ठेकेदारहरुले पेस्की स्वरुप राज्यकोषबाट लिएको २४ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको भन्दै उनीहरुमाथि छानबिन थालेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu