Connect with us
Kapilvast Forest

सम्बन्धविच्छेदको १७ दिनपछि फेरि विवाह

२०७६, २६ असार बिहीबारमा प्रकाशित

काठमाडौं । नेपालीमाझ एउटा उखान निकै प्रचलित –लोग्नेस्वास्नीको झगडा परालको आगो । नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन् । उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालत पुगेर फेरि कोर्ट म्यारिज गरेका छन् ।

अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–१ बस्ने लिलामनी पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाउँपालिका–१ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धविच्छेद गरेका थिए । आफन्त र दुवैको सल्लाहअनुसार कुरा मिलेपछि सम्बन्धविच्छेद गरेको लिलामनी–जमुना दम्पतिलाई अदालतले पुनर्मिलन गराएको हो ।

पौडेल दम्पतीका ६ बर्से छोरा छन् । दुवैका अभिभावकलगायत आफन्तले छोराको मुख हेरेर पनि अगग्गिन नहुने भन्दै सम्झाएपछि विचार फेरिएको लिलामनीले बताए ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu