Connect with us
Kapilvast Forest

आइ.एन.एफ नेपालको सहारामा बाँचेकाहरु

२०७६, २६ असार बिहीबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु असार २६,

महाराजगंज नगरपालिका वडा नं ७ का राम विलास तेली जन्मजात दृष्टीविहिन छन । दुबै आँखाले देख्ना सक्दैन्न । दैनिक गुजारा चलाउन कठिनाई भोग्दै आएका राम विलासको भविष्यको टेकोको रुपमा अहिले उनले अगरबत्ती बनाउने तालिम लिई आफ्नो जिवन खुशिमय विताउन पाएका छन । राम विलासलाई आइएनएफ नेपाल दाङ कम्युनिटी कलष्टर कपिलवस्तुले सहारा दिएको छ । राम विलासको जिवनमा नयाँ आयम थपिएको छ ।

त्यस्तै गङगौडीका विष्णु रैदासको जग्गाको नाममा केही पनि थिएन । दैनिक मजदुरी गरी आफ्नो जिवन चलाउदै आएका थिए । विष्णु रैदास आफ्नो जिवनलाई निरासपुर्ण वातावरणमा जिउन बध्य भएका थिए । तर अहिले उनको दैनिकी फेरीएको छ । रैदासलाई आईएनएफ नेपालले २० हजार रुपैया आर्थिक सहयोग गरेपछी गाँउमा उनी पसल खोले । पसलबाट आएको आम्दानीले उनको गुजरा चलाउन सजिलो भएको छ ।

त्यस्तै आईएनएफ नेपालले महाराजगंज नगरपालिका वडा नं ८ कजरहवाको सिगरहामा दुई समुह गठन गरी कृषि र सिप मुलक कार्य गर्दै आएको छ । सिगरहामा जयभवानी समुह र गंगा समुहले तरकारी खेती गरेका छन । तरकारीका लागि विउ वितरण, तरकारी खेती कसरी गर्ने भन्ने विषयमा आईएनएफ नेपालबाट तालिम लिई आम्दानीको स्रोत बढेको किसलावती यादवले बताउनु भयो ।

कजरहवामा माछा पालनका लागि पोखरी निर्माणको लागि अनुदान, किशोरी तथा महिलाहरुलाई सिलाई कटाई तालिम, व्यवासायीक खेतीका लागि विउ तथा अनुदान समेत प्रदान गरी तराई मधेशका स्थनिय महिलाईलाई अग्रसर गर्ने काम आईएनएफ नेपालले गरेको छ । स्थानियले समुहीक खेत गर्नका लागि समेत लालयित भएका छन । आइएनएफ नेपालले कार्यक्रममा सञ्चालन गरेपछी गाँउका महिलाहरुमा सशक्तीकरण तथा सचेतनामा फैलिएको सामाजिक परिचालक कमलेश यादवले बताउनु भयो ।

आइएनएफ नेपाल दाङ कम्युनिटी कलष्टर कपिलवस्तुले महाराजगंजको वडा नं ९ तेनुईमा गठीत दुर्गा स्वालम्वन समुहकी सदस्य शुशिला पासीले आईएनएफको रु २० हजारको सहयोगमा पसल सञ्चालन गर्नुभएको छ । शुशिलाको श्रीमान शरिरीक अपाङग रहेका छन । दुई छोरा एक छोरी रहेका शुशिला पसल सञ्चालन गरी दैनिक गुजरा चलाउदै आएकी छिन । आइएनएफ नेपाल दाङ कम्युनिटी कलष्टर कपिलवस्तुले महाराजगंजका करिब ५० जना महिलाहरुलाई सिलाई कटाई तालिम समेत सिक्दै आएका छन ।

विहिवार आइएनएफ नेपाल दाङ कम्युनिटी कलष्टरले महाराजगंज नगरपालिकाको विभिन्न क्षेत्रमा अनुगमन गर्दा सञ्चालन भएको कार्यक्रम सन्तोष जनक रहेको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । सो अनुगमन कार्यक्रममा महाराजगंज नगरपालिका उप प्रमुख शुभावती कुर्मी, प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकाल, सामाजिक विकास अधिकृत निरञ्जन पौडेल, वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र कुमार केसी, वडा नं ९ का अध्यक्ष उदयराज कुर्मी, वडा नं ७ का वडा अध्यक्ष अब्दुल समाद मुुसलमान, वडा नं ४ का वडा अध्यक्ष शुशिल कुमार चौधरी लगायत रहनु भएको थियो ।
आइएनएफ नेपाल दाङ कम्युनिटी कलष्टरको सहायक क्षमता विकास अधिकृत मिना महत्तो, टोली नेता अमित तिवारी र मिरा गुरुङ समेतको अगुवाईमा अनुगमन कार्य सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu