Connect with us
Kapilvast Forest

तिन महिने सिलाई कटाई तालिमको समापन

२०७६, २७ असार शुक्रबारमा प्रकाशित

 अनिल अधिकारी ,कपिलवस्तु असार २७
हिमपात सानाकिसान कृषि सहकारी संस्थाको आयोजना र शिवराज नगरपालिकाको सहयोगमा संचालन भएको ३ महिने सिलाई कटाई तालिमको शुक्रबार सम्पन्न भएको छ ।
शिवराज नगरपालिकाको लक्षित वर्गको सिपविकास कार्यक्रम अन्तर्गत महिलाहरुको सिप विकासका लागी सिलाईकटाई तालिम वडा नं. ५ मा संचालन गरिएको समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५का अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताए । तिन महिने तालिमले महिलाहरुई आत्मनिर्भर बन्नको लागी प्रेरणा प्रदान गर्ने भएकोले सहभागिहरुले अब व्यवसायिक बनी नगरपालिकाको लगानीलाई सर्थक बनाउन उनले आग्रह गरे । आवश्यकता अनुसार नयाँ आर्थिक बर्षमा पनि विभिन्न सिपमूलक तालिमहरु महिलाहरुका लागी संचालन हुने अध्यक्ष पाण्डेले बताए ।
३ महिने सिलाई कटाई तालिममा सहभागि भई सिलाई कटाइ सिप सिकेका सहभागिलाई आगामी दिन व्यवसायिक बनी आत्मनिर्भर बन्न शिवराज नगरपालिका कार्यपालिका सदस्य सिबि गहराजले अनुरोध गरे । तालिममा सहभागि भएका हिमपातका सदस्यहरुका लागी व्यवसायिक बन्न संस्थाले सहयोग पुराउने हिमपात सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज सुवेदिले प्रतिवद्धता व्यक्त गरे । बेसिक लेवलको तालिम लिई सकेकाहरुका लागि एडभान्स लेभलको तालिम आवश्यकता अनुसार संस्थाले पहल गर्ने सुवेदिले जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu