Connect with us
Kapilvast Forest

बाढी, पहिरो र डुबानमा परी हालसम्म ५० को मृत्यु कहाँ के भयो ?

२०७६, २९ असार आईतवारमा प्रकाशित

काठमाडौं । अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० को मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

प्रहरीका अनुसार बाढी पहिरोमा परी काठमाडौंमा ३, ललितपुरमा र भोजपुरमा ५/५, ओखलढुंगामा ४, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ३/३, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २/२ ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ गरी ५० को निधन भएको हो । निधन हुनेमध्ये २२ महिला २८ पुरुष रहेका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५, ललितपुरमा ८, उदयपुर १०, रौतहटमा २ सय, महोत्तरीमा ५ सय, सिराहामा २, सर्लाहीमा १ सय, सप्तरीमा २५, सिन्धुलीमा ७० तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ गरी जम्मा १ हजार १ सय ४ को सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी डोल्पामा ११, सिन्धुलीमा ६, इलाम र मोरङमा ३/३ तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १/१ जना गरी ३५ वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

मकवानपुरमा ४, ललितपुर र धनकुटामा ३/३, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा २५ घाइते भएका छन् । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu