Connect with us
Kapilvast Forest

सत्य र निष्ठापूर्वक काम गरिरहेको छु:प्रधानमन्त्री ओली

२०७६, २९ असार आईतवारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले सत्य र निष्ठापूर्वक काम गरिरहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सत्य र निष्ठापूर्वक अघि बढन युवालाई आह्वान गर्नुभयो ।

ललितपुरमा आइतबार आयोजित नमूना युवा संसद बैठकको समापन गर्दै उहाँले सत्यसँग नडराउने नीति आफूले लिएको दोहोर्याउनु भयो । प्रधानमन्त्रीले सत्ता र शक्ति अस्थायी भएकोमा आफू सचेत रहेको उल्लेख गर्दै देश विकासको काममा इमान्दार भएर लागि रहने प्रतिवद्धता दोहोर्याउनु भयो । उहाँले युवालाई भोलिको संसदलाई कस्तो बनाउने भन्ने विषयमा सोच्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले युवालाई देशलाई कसरी अघि बढाउने भन्ने विषयमा सोचेर अघि बढने अवसर दिएको स्मरण गराउनु भयो । उहाँले आफू युवा हुँदा देशका लागि काम गर्न खोज्दा हत्कडीको सामना गर्नु परेको उल्लेख गर्दै आजका युवालाई त्यस्तो कठिनाई नरहेको बताउनु भयो । प्रधानमन्त्रीले इमान्दार भएर अघि बढ्दा मात्रै सफलता हात पर्नेतर्फ युवालाई सचेत गराउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu