Connect with us
Kapilvast Forest

बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई सरकारद्धारा २ लाख दिने घोषणा

२०७६, २९ असार आईतवारमा प्रकाशित

विराटनगर । प्रदेश –१ सरकारले बाढी पहिरोबाट मृत्यु भएकाहरुको परिवारलाइ प्रतिमृतक २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेशको राजधानी विराटनगर महनगरपालिकास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले मृतक aपरिवारलाइ २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । साथै घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने र निजी अस्पतालमा ५० हजार रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

विपतमा परेकाहरुलाई एक लाखसम्मको आर्थिक सहयोग गर्ने कार्यविधि भएको भएपनि मन्त्रिपरिषद्को बैठकबाट थप एक लाख दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । बाढी पहिरोका कारण प्रदेश–१ मा १८ जनाको मृत्यु भइसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu